नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्ज बसपार्कबाट ब्राउनसुगरसहित १६ वर्षीय किशोर पक्राउ

बाँके । नेपालगन्ज उपमहानगरपालिका–४ स्थित बसपार्कबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित एक किशोरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका–७ घर भएका १६ वर्षीय किशोर रहेका छन्। उनलाई ३ सय १० मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उक्त पदार्थ बरामद भएपछि किशोरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्