नेभिगेशन
नेपाल प्रहरी

बैंकको केवाईसी अपडेटको नाममा स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौं । बैंकबाट फोन गरेको भन्दै केवाईसी ९प्थ्ऋ० अपडेटका नाममा स्क्यामिङ गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जय कुमार केवट, सोही नगरपालिका–१७ का २२ वर्षीय विद्या सागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले बैंकबाट बोलेको भन्दै केवाईसी अपडेट गर्नुपर्ने बहाना बनाई बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गर्दै फोन तथा ह्वाट्सएप कल गर्ने गरेका थिए। त्यसक्रममा स्क्रिन सेयर गर्न लगाउने, ओटीपी कोड प्राप्त गर्ने वा ओटीपी कोड माग्ने र कर्मचारीको बैंक खातामा पहुँच पु¥याई खातामा रहेको रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेको पाइएको छ।

उनीहरूलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट पक्राउ गरेको हो।

पक्राउ परेकामाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्