नेभिगेशन
नेपाल प्रहरी

दुई बालिका र २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ३ युवक पक्राउ

काठमाडौं । विभिन्न स्थानमा दुई बालिका र एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार उदयपुरको बेलका नगरपालिका–६ कात्तिकेमा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय लाक्पा तामाङ पक्राउ परेका छन्। स्थानीयको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको टोलीले उनलाई  नियन्त्रणमा लिएको हो।

त्यस्तै, सिन्धुलीको दुधौली नगरपालिका–३ का २३ वर्षीय भक्तबहादुर कार्कीलाई १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी ढुङ्ग्रेबासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको  प्रहरी प्रधान कार्यालयले जनाएको छ।

संखुवासभामा पनि २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मकालु गाउँपालिका–५ बस्ने तथा भोटखोला गाउँपालिका–४ घर भएका ४३ वर्षीय किरण तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई प्रहरी चौकी नुमबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

तीनवटै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्