नेभिगेशन
नेपाल प्रहरी

किशोरीलाई जंगलमा लगेर खुकुरी देखाएर यातना, पाँच जना प्रहरी नियन्त्रणमा

काठमाडौं। कञ्चनपुरको बेलौरीमा एक किशोरीलाई जंगलमा लगेर कुटपिट तथा यातना दिएको घटनामा पाँच जना पक्राउ परेका छन् ।

१६ वर्षीय किशोरलाई खजुवा जंगलमा पुर्‍याएर खुकुरी देखाउँदै कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत असोज २३ गते साँझ बेलौरी नगरपालिका–९ रतनपुरका किशोरलाई स्थानीय खजुवा जंगलमा पुर्‍याइएको थियो । त्यहाँ उनलाई धारिलो हतियार देखाएर धम्क्याउनुका साथै कुटपिट गरिएको प्रारम्भिक विवरण छ ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ का आशिष बिष्ट ९२१०, दिलिप भट्ट ९१९०, शंकर सुनार ९२१०, सुजित अधिकारी ९२३० र मिलन तिरुवा ९२२० छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार आरोपितहरूविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग र अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्