नेभिगेशन
नेपाल प्रहरी

२ वर्ष कैद सजाय पाएका गुन्डा नाइके सत्यमान लामा पक्राउ

३० लाख बिगो र ३० लाख रुपैयाँ जरिवाना पनि...

काठमाडौं प्रहरीले फरार प्रतिवादी गुन्डा नाइके सत्यमान लामालाई पक्राउ गर्न सफल भएको छ। काभ्रेको तेमाल स्थायी ठेगाना भएर हाल काठमाडौं बस्दै आएका गुन्डा नाइके लामालाई आइतबार राति पक्राउ गरेको हो।

जिल्ला अदालत काठमाडौंले चेक बाउन्स मुद्दामा २०८० चैत २७ गते दोषी ठहर गर्दै २ वर्ष जेल सजाय र ३० लाख रुपैयाँ बिगो र ३० लाख रुपैयाँ जरिवाना सुनाएयता फरार रहेका लामालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सत्यमानलाई जेल सजाय भुक्तानका लागि अदालत लगिने परिसरले जानकारी दिएको छ।

पटकपटक ठगीको आरोपमा पक्राउ परेका दावा लामाका सहयोगी मानिने सत्यमानलाई वि.सं. २०७५ मा किसानको बुद्धचित्त माला लूटपाट गरेको आरोपमा पनि प्रहरीले पक्राउ गरेको थियो।  

सत्यमानलाई अपराध महाशाखाको टोलीले काभ्रेको तेमालमा भूकम्प पीडितलाई अस्पताल बनाउन भन्दै १ करोड ७५ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्