नेभिगेशन
नेपाल प्रहरी

झुक्याएर अर्काको जग्गा पास गर्न लगाएर पैसा नदिएर ठगी गरेको आरोपमा गोपाल पक्राउ

काठमाडौं । झुक्याएर अर्कैको जग्गा पास गरी ठगी गरेर फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पैसा नदिएर अर्कैको जग्गा पास गराउन लगाइ फरार भएका गोरखाका गोपाल थापालाई पक्राउ गरेको छ।

शहिदलखन गाउँपालिका-१ घर भएर हाल काठमाडौं-२ बस्दै आएका गोपालले चन्द्रागिरी नगरपालिका वडा नं. २ बाडभञ्ज्याङको कित्ता नं. २४४ को क्षेत्रफल ०-५-२-२ र कि.नं. ४९९ को क्षेत्रफल ०-२-१-० को जग्गा नबिल बैंकको खातामा  ९५ लाख रुपैयाँ जम्मा गरिदिएको भन्दै रकम जम्मा गरेको पैसा नभएको डिपोजिट स्लिप समेत देखाई जग्गा राजीनामा पास गर्न लगाएको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए।

आफू ठगीमा परेपछि पीडितको जाहेरी आधारमा खोजतलास गर्ने क्रममा अपराध अनुसन्धानको टोलीले फरार रहेका गोपाललाई बबरमहलबाट पक्राउ गरेको एसपी आचार्यले जानकारी दिएका छन् ।

पक्राउ गोपाललाई ठगी सम्बन्धि कसुरमा आबश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसपी आचार्यले जानकारी दिएका छन् ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्