नेभिगेशन
सुरक्षा अपडेट

माछा पालनका लागि बनाइएको पोखरीमा एक पुरुष मृत भेटिए

काठमाडौं । माछा पालनका लागि बनाइएको पोखरीमा एक पुरुषको शव फेला परेको छ। गुल्मीको चन्द्रकोट गाउँपालिका-८ रामपुरस्थित बहुउद्देश्य कृषक समूहले माछापालन गर्दै आएको पोखरीमा ४५ वर्षीय तुल्सीबहादुर क्षेत्रीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

मंगलबार साँझ पोखरीको डिलमा पुरुषको टि–सर्ट, पाइन्ट, चप्पल र क्याप देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको अनुसन्धानमा मृतक  गुल्मीदरबार गाउँपालिका–१ घर भई हाल चन्द्रकोट गाउँपालिका–८ रजाली टोलमा बस्दै आएका ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

गुल्मी प्रहरीका अनुसार तुल्सी विगत २० वर्षदेखि भिनाजु नाता पर्ने ६९ वर्षीय टेकबहादुर रजालीको घरमा बस्दै आएका थिए । 

मृतक तुल्सी मंगलबार बिहान करिब ८ बजे बजार जान्छु भन्दै घरबाट निस्किएको प्रहरीले जानकारी दिएको छ भने घटना बारे थप अनुसन्धान जारी राहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्