नेभिगेशन
नेपाल प्रहरी

दसैँमा प्रहरीको निःशुल्क बस सेवाबाट १४ सय बढी यात्रुले लिए लाभ

काठमाडौं । बडादसैँका बेला काठमाडौं उपत्यकामा नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट दुई दिनमा १ हजार ४०६ यात्रुले सुविधा लिएका छन् ।

प्रहरीका अनुसार कात्तिक ३ गते ५१० जना र कात्तिक ४ गते ८९६ जनाले निःशुल्क बस सेवा प्रयोग गरेका हुन् । सेवा लिनेमा ७३७ महिला र ६६९ पुरुष रहेका छन् ।

दसैँका बेला सार्वजनिक यातायातका साधन कम चल्ने अवस्थालाई ध्यानमा राख्दै सर्वसाधारणको आवागमन सहज बनाउन प्रहरीले कात्तिक ३ र ४ गते काठमाडौं उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सञ्चालन गरेको थियो ।

उक्त सेवाले दसैँको समयमा यात्रुलाई आवतजावत गर्न सहजता प्रदान गरेको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्