नेभिगेशन
नेपाल प्रहरी

काठमाडौं उपत्यका प्रहरीको कमाण्ड एआईजी कार्कीलाई

काठमाडौं । काठमाडौंको शान्तिसुरक्षा खलबलिए पछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको कमाण्ड एआईजी दानबहादुर कार्कीलाई दिइएको छ।

आजदेखि एआईजी कार्कीलाई उपत्यका प्रहरी कार्यालयमा प्रमुखको रूपमा खटाइएको हो। उनी कार्यालयमा हाजिर समेत भइसकेको डीआईजी ओम रानाले जानकारी दिएका छन् ।

यसअघि यहाँ प्रमुख रहेका एआईजी टेक तामाङले गत साता अवकाश पाएका थिए। सोमबार बानेश्वरमा जेनजीको प्रदर्शन हुँदा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखविहीन थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्