नेभिगेशन
नेपाल प्रहरी

५५ किलो गाँजासहित भारतीय युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ५५ किलो लागुऔषध गाँजासहित भारतीय युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतिस्थित सडकमा ट्याक्सी जाँच गर्ने गाँजासहित भारतको केरलाका ३८ वर्षीय सोन साइमान ग्रेसेसलाई पक्राउ गर्दै मंगलबार सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ट्याक्सीबाट २३ किलो गाँजा बरामद गरिएको थियो। यसैगरी पक्राउ परेका ग्रेसेसको रानीवनस्थित होमस्टेमा भाडामा लिएको घरको कोठा खानतलासीका क्रममा थप ३२ किलो गाँजा बरामद गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

भारतीय युवकमाथि प्रहरीले लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत आवश्यक अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्