नेभिगेशन
नेपाल प्रहरी

बैंकिङ कसुर मुद्दामा ३६ लाख जरिवाना पाएका फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई ३६ लाख रुपैयाँ जरिवाना तथा पाँच दिन कैद सजाय सुनाइएका एक फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंको स्वयम्भु क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने व्यक्ति काठमाडौं महानगरपालिका–२१ सेतोवहाल स्थायी घर भई हाल भोटेबहाल बस्दै आएका ४१ वर्षीय मनोहरलाल श्रेष्ठ हुन् । काठमाडौं जिल्ला अदालतले २०८१ असारमा श्रेष्ठविरुद्ध कैद र जरिवानाको फैसला सुनाएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएपछि आदेशअनुसार कारागार चलान गरिएको छ ।

प्रहरीका अनुसार श्रेष्ठविरुद्ध दरबारमार्ग प्रहरी वृत्तबाट चलेको बैंकिङ कसुर मुद्दासहित अन्य पाँच वटा मुद्दा पनि प्रहरीको अपराध अभिलेखमा रहेको देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्