नेभिगेशन
नेपाल प्रहरी

अमेरिका,क्यानडा र युरोप पठाउने भन्दै ४९ लाख ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ४९ लाख रुपैयाँ बढी  ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ बस्ने कपिलवस्तु शिवराज नगरपालिका–५ घर भएका ५४ वर्षीय पवित्र प्रकाश अधिकारी, काठमाडौं महानगरपालिका–३२ बस्ने भोजपुर षडानन्द नगरपालिका–१२ घर भएकी ३३ वर्षीया बबिता विश्वकर्मा र काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भएका २५ वर्षीय साईरज सुबेदी रहेका छन्।

प्रहरीका अनुसार पवित्रले यूरोपको अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितबाट १९ लाख रुपैयाँ, बबिताले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितबाट १९ लाख रुपैयाँ तथा साईरजले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ११ लाख १४ हजार ५ सय रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पवित्र र बबितालाई काठमाडौं महानगरपालिका–३२ बाट तथा साईरजलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...