नेभिगेशन
नेपाल प्रहरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका भारतीय नागरिक ३३ वर्षीय रंजित सिंहलाई जाँच गर्ने क्रममा उनको लगेजबाट करिब ४ किलो २ सय ८४ ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरेको हो।

त्यसैगरी, उक्त लागूऔषध संकलन गर्न आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्