नेभिगेशन
नेपाल प्रहरी

अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा सुजन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बस्दै आएका धादिङक निलकण्ठ नगरपालिका–१३ घर भएका २४ वर्षीय सुजन आले मगर रहेका छन् ।

पक्राउ परेका सुजनले अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख ५५ हजार रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको उजुरीको आधारमा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार, पक्राउ परेका सुजनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्