नेभिगेशन
नेपाल प्रहरी

दाङका युवकको हत्या घटनाका अर्का आरोपी पक्राउ

काठमाडौँ । काठमाडौँको शंखमुलस्थित होस्टलमा दाङका एक युवकको हत्या भएको घटनामा प्रहरीले अर्का एक जना आरोपीलाई पक्राउ गरेको छ। हत्या गरेर फरार रहेका बाराको कलैया उपमहानगरपालिका–३ का प्रमित पटेललाई मकवानपुरको भैंसेबाट पक्राउ गरिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार शुक्रबार शंखमुलमा सञ्चालित भ्याली ब्वाइज होस्टलमा दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका २२ वर्षीय बसन्त कालाखेतीमाथि धारिलो हतियार प्रहार भएको थियो।

गम्भीर घाइते कालाखेतीलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा बाराको कलैया–३ का शेखर यादवलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो। अनुसन्धानका क्रममा फरार रहेका पटेललाई मकवानपुरबाट पक्राउ गरिएको हो।

घटनाका सम्बन्धमा घटनास्थलमा रहेका अन्य चार जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्