काठमाडौं। नेपल प्रहरीले गरेको लागुऔषधविरुद्ध गरेको कारबाहीमा देशभरबाट १४ कारोबारी तथा सेवनकर्तालाई नियन्त्रणमा लिएको छ।
प्रहरीको कारबाही अन्तर्गत झापा, हल्दीबारी गाउँपालिका–२ पग्लाबारी गाउँबाट ब्राउन सुगर १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय आषिक हेमरमलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी हल्दीबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङ, विराटनगर महानगरपालिका–१९ मिलन चोकबाट ब्राउन सुगर २८ ग्राम ६ सय मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका–१ बस्ने ३३ वर्षीय धुर्व प्रसाद रिजाल समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १–०२–०५२ प ६४८८ नम्बरको स्कुटर समेत बरामद गरेको छ।
यसैगरी मोरङ, जहदा गाउँपालिका–६ पोखरीया चोकबाट गाँजा करिब ७ किलोग्राम सहित धनकुटा सहिदभूमी गाउँपालिका–३ छिङताङ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले बा.५ च ६७०६ नम्बरको कारमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका–१८ अधेरीकुना बस्ने ४० वर्षीय अनुप छत्कुलीलाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ११ हजार ७ सय ६८ ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
तनहुँ, आँबुखैरेनी गाउँपालिका–४ मुग्लिङ पुलजिपबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल, फेनारगन १० एम्पुल र बुप्रेनोर्फिन १० एम्पुल सहित भारत घर भएका २३ वर्षीय भुलन खान समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको युपि ५६ बिके ६७६० नम्बरको कारमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
स्याङ्जा, वालिङ नगरपालिका–१ रामबाच्छा ठाटीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३९ एम्पुल, डाईजेपाम ३८ एम्पुल र फेनारगन ३९ एम्पुल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सुवाश काफ्ले क्षेत्री र भीरकोट नगरपालिका–२ बयरघारी बस्ने २६ वर्षीय शहिद मिया रहेका छन्। वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले ग.१८ प ५४९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सुनसरी, इटहरी उपमहानगरपालिका–७ बज्राहा बस्ने ४३ वर्षीय संजिप भडारी चौधरीलाई गाँजा १ किलो ३० ग्राम सहित प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
चितवन, भरतपुर महानगरपालिका–१ बाट सोही महानगरपालिका–३ बस्ने २१ वर्षीय रिशु रौनियार समेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र एनारगन ७५ ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सम्बन्धित घटनाका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।