नेभिगेशन
नेपाल प्रहरी

बाँकेबाट १२ फरार प्रतिवादी पक्राउ, ४ वर्ष २६ दिन कैद सजाय कार्यान्वयन

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन ३० गतेदेखि भदौ ५ गतेसम्म विभिन्न मुद्दामा फैसला भई फरार रहेका प्रतिवादीलाई खोजी गरी पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका १२ जना फरार प्रतिवादीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

पक्राउ परेका प्रतिवादीहरूको हकमा अदालतबाट कुल ४ वर्ष २६ दिन कैद तथा ४९ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भइसके पनि कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

फैसला कार्यान्वयन प्रभावकारी बनाउन फरार प्रतिवादीको विवरण संकलन गरी उनीहरूको खोजी तथा पक्राउ गर्ने कार्यलाई प्रहरीले प्राथमिकतामा राखेको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्