नेभिगेशन
नेपाल प्रहरी

रसुवामा कार्यरत दाङका प्रहरी जवान बिनोद केसी सम्पर्कमा, भने-'म सुरक्षित छु'

काठमाडौँ । रसुवामा कार्यरत प्रहरी जवान विनोद केसीले आफू सुरक्षित रहेको जानकारी दिएका छन्।

दाङको तुलसीपुर घर भएका केसी करिब डेढ महिनाअघि बाँकेबाट सरुवा भएर रसुवा आएका थिए। रसुवामा भोटेकोशी नदीमा आएको बाढीपछि उनी केही समय परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका थिएनन्।

बाढी र सञ्चार नेटवर्कमा आएको समस्याका कारण फोनसमेत रिसिभ गर्न नपाएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन्। आफू सुरक्षित स्थानमा रहेको भन्दै उनले परिवार, आफन्त तथा शुभेच्छुकलाई चिन्ता नगर्न आग्रह गरेका छन्।

‘म ठिकै छु, कोही पनि आत्तिनु पर्दैन’ भन्दै उनले फेसबुकमार्फत आफू सुरक्षित रहेको जानकारी गराएका हुन्। केसी हाल जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्