नेभिगेशन
नेपाल प्रहरी

बाढीमा मृत्यु भएकाको शवबाट सुनका गहना निकाल्ने दुई जना पक्राउ

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि मृत्यु भएका व्यक्तिको शवबाट कानको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शवबाट मुन्द्रा निकालिरहेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो । सोही क्रममा चितवन प्रहरीले भिडियोमा देखिएका व्यक्तिको पहिचान गरी दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई चितवनमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवन बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुवै जनामाथि घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्