नेभिगेशन
नेपाल प्रहरी

चितवनमा भेटियो बाढीमा बगेका असई पौडेल र बाँकेका चौधरीको शव

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएका दुई जनाको शव चितवनमा फेला परेको छ। चितवनमा भेटिएका शवमध्ये एक जना प्रहरी सहायक निरीक्षक(असई) रामकाजी पौडेल र अर्का बाँकेको कोहलपुरका २३ वर्षीय कविलाल चौधरी रहेको खुलेको हो।

रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत ४३ वर्षीय पौडेलको शव चितवनमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए। नुवाकोट घर भएका पौडेल भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएका थिए।

त्यसैगरी चितवनमा फेला परेको अर्को शव बाँकेको कोहलपुर नगरपालिका–११ का कविलाल चौधरीको रहेको पहिचान भएको छ। चौधरीको शव पनि परिवारलाई बुझाइएको डीएसपी यादवले बताए।

दुवै शवको पहिचान खुलेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्