नेभिगेशन
नेपाल प्रहरी

बोलेरोको बोनटभित्र लुकाएको १३ किलोभन्दा बढी चरेस बरामद, दुई जना पक्राउ

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौलाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

गए राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको बोलेरो पिकअप जिपलाई रोकेर जाँच गर्ने क्रममा १३ किलो ९०५ ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिपको अगाडिको बोनटमा सेतो कट्टाभित्र कालो प्लास्टिकमा प्याक गरेर चरेस लुकाइएको थियो। जाँचका क्रममा उक्त लागुऔषध फेला परेपछि जिप चालक बझाङको बुंगल नगरपालिका–१ का २२ वर्षीय कलक धामी र जिपमा सवार केदारस्युँ गाउँपालिका–७ का ५० वर्षीय करन धामीलाई नियन्त्रणमा लिइएको हो।

बरामद चरेस र पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्