नेभिगेशन
नेपाल प्रहरी

भोटेकोशी बाढीले खोस्यो कर्तव्यनिष्ठ प्रहरी: खड्कालाई श्रद्धाञ्जलीपछि अन्तिम बिदाइ (फोटोफिचर)

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी कर्तव्य निर्वाहकै क्रममा ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक (असई) रामहरि खड्कालाई सहकर्मीहरूले भावपूर्ण श्रद्धाञ्जलीसहित अन्तिम बिदाइ गरेका छन्।

प्रहरी चौकी टिमुरे, रसुवामा कार्यरत स्व.असई खड्काको पार्थिव शरीरमा पशुपति आर्यघाटमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरसहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।

कर्तव्यका क्रममा जीवन गुमाएका खड्काको अन्तिम बिदाइमा प्रहरी अधिकारी तथा सहकर्मीहरू भावुक देखिएका थिए। देश र नागरिकको सुरक्षामा खटिएका उनले कर्तव्य निर्वाहकै क्रममा ज्यान गुमाएपछि प्रहरी संगठनले एक समर्पित सहकर्मी गुमाएको छ।

श्रद्धाञ्जलीपछि खड्काको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो।

फोटो -

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्