नेभिगेशन
नेपाल प्रहरी

१०० ग्राम ब्राउन सुगरसहित तीन भारतीय युवक पक्राउ

काठमाडौं । प्रहरीले १०० ग्राम लागूऔषध ब्राउन सुगरसहित  तीन जना भारतीय युवकलाई  पक्राउ गरेको छ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आइतबार वीरगञ्ज महानगरपालिका–१६, माईधिया पोखरीअगाडिको सडकखण्डबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

शंकास्पद रूपमा पैदल हिँडिरहेका तीन जनालाई रोकी जाँच गर्ने क्रममा उनीहरूको साथबाट  १०० ग्राम ब्राउन सुगरज फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्य, पूर्णिया जिल्ला सदर थाना क्षेत्रका २२ वर्षीय कृष्णा कर्ज, सोही क्षेत्रका २२ वर्षीय आदित्य राज सिंह र १८ वर्षीय आशिष केन्जु रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर बरामद लागूऔषधसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्