नेभिगेशन
नेपाल प्रहरी

८ घण्टाको प्रयासपछि बाढीले क्षतिग्रस्त बैंकबाट निकालियो डेढ करोड नगद र ५० करोडको सुन

नुवाकोट।  त्रिशूलीस्थित ढुंगे बजारमा बाढीका कारण क्षतिग्रस्त कृषि विकास बैंकको भवनबाट प्रहरीले नगद, सुन तथा महत्त्वपूर्ण कागजात राखिएको सेफ सुरक्षित रूपमा बाहिर निकालेको छ।

आइतबार साँझ प्रहरीले करिब ८ घण्टाको प्रयासपछि बैंक भवनभित्र रहेको सेफ निकाल्न सफल भएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार सेफभित्र करिब १ करोड ५० लाख रुपैयाँ नगद, करिब ५० करोड रुपैयाँ बराबरको सुन तथा विभिन्न महत्त्वपूर्ण कागजात रहेका थिए।

बाढीका कारण बैंकको भवनमा क्षति पुगेपछि सेफ निकाल्न प्रहरी टोली परिचालन गरिएको थियो। लामो प्रयासपछि सुरक्षित रूपमा बाहिर निकालिएको सेफलाई अहिले सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सेफभित्र रहेका नगद, सुन तथा कागजातको सुरक्षा सुनिश्चित गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्