नेभिगेशन
नेपाल प्रहरी

रसुवाको बाढीपछि विभिन्न जिल्लामा ९०७ शव फेला: नेपाल प्रहरी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा खोज तथा उद्धारका क्रममा सोमबार बिहान १०ः३० बजेसम्म ९०७ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा २७२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५५, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जनाको शव भेटिएको हो।

बाढी प्रभावित तथा जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ। साथै स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वयमा खोज तथा उद्धारलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

बाढीका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने काम पनि विभिन्न स्थानमा भइरहेको छ। प्रहरीले जोखिमयुक्त क्षेत्रमा उद्धार, खोजी तथा सडक अवरोध हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्