नेभिगेशन
नेपाल प्रहरी

भरुवा बन्दुक र फलामका छर्रासहित २९ वर्षीय युवक पक्राउ

संखुवासभा । प्रहरीले भरुवा बन्दुक र फलामका छर्रासहित २९ वर्षीय युवकलाई पक्राउ गरेको छ।

मकालु गाउँपालिका–५ माङसिमाका २९ वर्षीय सिताराम गुरुङलाई प्रहरीले भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने बारुद १ सय ग्राम र फलामका छर्रा २० थानसहित पक्राउ गरेको हो।

प्रहरी चौकी नुमबाट खटिएको टोलीले गुरुङको भान्साघरमा तलासी गर्दा उक्त हातहतियार तथा सामग्री फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्