नेभिगेशन
नेपाल प्रहरी

गुनापुरबाट ब्राउन सुगरसहित दुई जना लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा

बाँके । बैजनाथ गाउँपालिका–२ गुनापुरबाट प्रहरीले ब्राउनसुगरसहित  दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय सन्तोष विक र ३० वर्षीय डमरबहादुर कामी रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनीहरूलाई १ ग्राम २४० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो।

प्रहरी प्रधान कार्यालयले दिएअनुसार  पक्राउपछि डमरबहादुरको घरमा समेत तलासीका क्रममा थप १ ग्राम ९६० मिलिग्राम ब्राउनसुगर र नगद ८ हजार ८ सय रुपैयाँ बरामद भएको थियो।

पक्राउ परेका दुबै जनामाथि इलाका प्रहरी कार्यालय कोहलपुरले  घटनाबार थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्