नेभिगेशन
नेपाल प्रहरी

२ लाखभन्दा बढी मूल्यका पटाकासहित अटो चालक दाङको चारखम्बाबाट पक्राउ

दाङ । भारतबाट अवैध रूपमा ल्याइँदै गरेका पटाकासहित दाङमा एक अटो चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डीमा बस्दै आएका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अग्रवाललाई कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमा पटाका ल्याउँदै गरेको अवस्थामा गढवा गाउँपालिका–८ चारखम्बाबाट नियन्त्रणमा लिइएको हो ।

दाङ प्रहरीका अनुसार बरामद गरिएका पटाकाको बजार मूल्य दुई लाख १० हजार १३६ रुपैयाँ रहेको छ ।

पक्राउ परेका अग्रवाल र बरामद पटाकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्