नेभिगेशन
नेपाल प्रहरी

खसी भन्दै बाख्रीको मासु बिक्री, तीन जना पक्राउ

काठमाडौं । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित ३ जनालाई पक्राउ गरेको छ।

बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले  भारतको सितामणी घर भएका २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोटका १८ वर्षीय अरुण कार्की र मकवानपुर हेटौंडाका २१ वर्षीय सुजन रसाइलीलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंको रातोपुल  नजिकैको सफिक मासु पसलमा उनीहरूले बाख्रीको मासुलाई खसीको मासु भन्दै प्रतिकिलो १ हजार ८ सय रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले पसलबाट बिक्रीका लागि राखिएको बाख्रीको मासु तथा काट्न तयारी अवस्थामा रहेको अर्को बाख्रीसमेत नियन्त्रणमा लिएको छ।पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त गौशालामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्