नेभिगेशन
नेपाल प्रहरी

१४ वर्षको कैदबाट भागेका हाडनाता बलात्कारका दोषी फेरि प्रहरीको फन्दामा

काठमाडौँ । हाडनाता बलात्कार कसुरमा १४ वर्षको कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा निवासी हर्कबहादुर गुरुङ रहेका छन्।

गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो। कास्की जिल्ला अदालतले २०८१ साउन १४ गते उनलाई हाडनाता बलात्कार कसुरमा १४ वर्ष कैद सजाय सुनाएको  प्रहरीले जनाएको छ।

अदालतको फैसलापछि कैद सजाय भुक्तान गरिरहेका गुरुङ जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएको प्रहरीले जनाएको छ। फरार रहेका उनलाई सीआईबीले खोजी गर्ने क्रममा पक्राउ गरेको हो।

पक्राउपछि गुरुङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कास्की कारागारमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्