नेभिगेशन
नेपाल प्रहरी

वैदेशिक रोजगार कसुरका २६ वर्षीय फरार प्रतिवादी भण्डारी पक्राउ

काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–८ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–५ बस्दै आएका २६ वर्षीय भुवन भण्डारी रहेका छन्।

वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंको पक्राउ अनुमति प्राप्त भई फरार रहेका भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–५ बाट पक्राउ गरेको हो।

पक्राउ परेका भण्डारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्