नेभिगेशन
सुरक्षा अपडेट

मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको ज्यान गयो

तनहुँ । भिमाद नगरपालिका–५ शीतलमार्गमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय स्वरूप गैरे रहेका छन्। मंगलबार बिहान करिब ८ः५० बजे भिमादबाट ऋषिङपाटनतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ प १०६७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि झरौटास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पुर्‍याइएको थियो। उपचारकै क्रममा बिहान ९ः५६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्