नेभिगेशन
सुरक्षा अपडेट

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

काठमाडौं । धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ। बुधबार राति झापाको बाह्रदशी गाउँपालिका–५ स्थित चारपाने–राजगढ सडकखण्डमा भएको दुर्घटनामा बाह्रदशी गाउँपालिका–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिकाको बुट्टाबारीका अशोक राजवंशीको घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष पाठकका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडकमा राखिएको धान काट्ने मेसिनमा ठोक्किएको थियो।

दुर्घटनामा दुवै युवकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्