नेभिगेशन
सुरक्षा अपडेट

धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस कावासोतीमा पल्टिँदा २५ जना घाइते

बर्दाघाट। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्।

धनगढीबाट काठमाडौंका लागि छुटेको सु-प्र-०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११ स्थित लोकाहामा दुर्घटनामा परेको हो। चालकले बसमाथिको नियन्त्रण गुमाउँदा बस सडकमा पल्टिएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

दुर्घटनामा बसमा सवार २५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेको बताइएको छ। दुर्घटनापछि तत्काल उद्धार गरिएका उनीहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याइएको छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। घाइतेहरूको पहिचान तथा अवस्थासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ।

दुर्घटनाग्रस्त बसलाई सडकबाट हटाएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात आवागमन पुनः नियमित बनाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्