नेभिगेशन
सुरक्षा विशेष

प्रहरी र सशस्त्रको ऐनको विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ ऐनको विधेयक मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई गृह मन्त्रालयले संशोधन गर्न अर्थ मन्त्रालय, कानुन मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि विधेयक मन्त्रिपरिषदमा पेस गरेको थियो ।

उक्त विधेयक संसदमा पेश गर्न शुकबारको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन् ।

विधयेक पारितका लागि आगामी संघीय संसदमा पेस गरिने गृहमन्त्रीले बताए । विधेयकमा प्रहरीको ३० वर्षे सेवाहद हटाउने र तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान  राखिएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"