काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ ।
समितिको आज बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाइएको हो ।
बैठकमा समिति सभापति रामहरि खतिवडाले बैठकले गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न बोलाउने निर्णय गरेको बताए। उनले भने, ‘राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न गृह मन्त्रालयलाई बोलाएका छौँ ।’