नेभिगेशन
सुरक्षा विशेष

रित्तो गाग्रो लिएर सिंहदरबार पस्न खोज्दै थिए धरानका मेयर हर्क साम्पाङ,गेटमै खोस्यो प्रहरीले

काठमाडौं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले रित्तो गाग्रो लिएर सिंहदरबार छिर्दै गरेको अवस्थामा प्रहरीले खोसेको छ।

धरानमा पानी चाहिँयो भन्दै रित्तो गाग्रो लिएर आज बिहान कार्यालय खुलेपछि सिंहदरबार छिर्दै गरेका मेयर राईको साथबाट प्रहरीले गेटमै खोसेको हो। धरानबाटै सोमबार रित्तो  गाग्रो लिएर काठमाडौं आएका उनी आज सिंहदरबार छिर्न लाग्दा प्रहरीले उक्त गाग्रो लैजान नदिएको हो।

मेयर राईले धरानमा पानीको समस्याबारे प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई जानकारी गराउने भन्दै उनले खाली रित्तो लिएर सिंहदरबार गेटमामा पुगेका थिए। तर त्यो गाग्रो प्रहरीले खोसेको हो।

प्रहरीले रित्तो गाग्रो नियन्त्रणमा लिएपछि गाग्रो बिना उनी सिंहदरबार पसेका हुन।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"