नेभिगेशन
सुरक्षा विशेष

'प्रादेशिक महोत्सव'मा पत्रकारमाथि आयोजक र सुरक्षाकर्मीले गरेको दुर्व्यवहारको महासंघको आपत्ति

बाँके बाँकेको नेपालगन्जमा जारी 'प्रादेशिक महोत्सव' मा पत्रकारलाई आयोजक र सुरक्षाकर्मीबाटै भएको दुर्व्यवहार घटनाप्रति नेपाल पत्रकार महासंघ बाँकेले गम्भीर आपत्ति प्रकट गरेको छ।

पत्रकार महासंघ बाँकेले माघ १२ गते शनिबारका दिन मञ्च परिसरमा सांगीतिक कार्यक्रमको फोटो खिच्ने र भिडियो छायाँकन गरिरहेका न्यूजबाँके अनलाइन मिडियामा कार्यरत पत्रकार टार्जन ओलीमाथि भएको दुर्व्यवहारको निन्दा गरेको छ। 

महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ-"पत्रकार टार्जनले आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै आयोजक स्वयं र सुरक्षाकर्मीबाट भएको दुर्व्यवहार घटनाप्रति खेद व्यक्त गर्दछ ।"

‘प्रादेशिक महोत्सव’ मा पत्रकारहरूलाई गरिएको दुव्र्यवहार र  रिपोर्टिङका लागि महोत्सवस्थलभित्र प्रवेश गर्दा भइरहेको अनावश्यक उल्झन र असहजताप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले यस्ता घटना नदोहोर्‍याउन महोत्सव आयोजक समितिलाई सचेत समेत गराएको जनाएको छ। "पत्रकारहरूलाई कार्यरत मिडियाबाट जारी भएको परिचयपत्रबाटै सहज प्रवेश र रिपोर्टिङ गर्ने अवस्था मिलाई प्रेसमैत्री वातावरण निर्माणका लागि नेपाल पत्रकार महासंघ बाँके शाखा सम्बन्धित पक्षको पुनः ध्यानाकर्षण गराउँदछ । " जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

महासंघले जिल्लाका सबै पत्रकारहरूलाई रिपोर्टिङका क्रममा ‘पत्रकारिता आचारसंहिता’ को पालना गर्दै मर्यादित पत्रकारिता गर्न आग्रह गर्दै पुनः त्यस्तो दुर्व्यवहार गरिए तत्काल पत्रकार महासंघ बाँकेलाई जानकारी गराउन आग्रह गरेको छ।

विज्ञप्ति -

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

उनीहरूका लागि रात र दिनको खासै अर्थ हुँदैन। उनीहरूको एउटै उद्देश्य हुन्छ—सीमा सुरक्षित राख्ने, ताकि राष्ट्र निश्चिन्त भएर निदाउन सकोस्।