नेभिगेशन
सुरक्षा विशेष

सुरक्षित बैदेशिक रोजगारीका लागि नेपालगञ्जका सबै वडामा गहन अभिमुखीकरण

नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले नेपालगञ्जका सबै वडामा सुरक्षित बैदेशिक रोजगारीसम्बन्धि गहन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सामीका कार्यक्रम संयोजक कमल सिंह नेपालीका अनुसार नेपालगञ्ज उपमहानगरपालकाभित्रका २३ वटा वडामा ४८ वटा कार्यक्रम गर्ने कार्ययोजना बमोजिम सबै इभेन्टहरु सम्पन्न भएका हुन् ।

बैदेशिक रोजगारीमा जानेहरुको संख्या दिनप्रति दिन बढिरहेको अवस्थामा बैदेशिक रोजगारीलाई कसरी सुरक्षित, ब्यवस्थित र मर्यादित बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको समुदायस्तरमा गहन अभिमुखीकरण गरिएको नेपालीले बताए । 'सकेसम्म देशमै रोजगारी गरौं, तर बैदेशिक रोजगारीमा जाने नै भए सम्बन्धित ठाउँबाट सही सूचना लिने र सीप सिकेर मात्र जानुस् भन्ने हाम्रो मुख्य अभिप्रायः हो,' नेपालीले भने-'समुदायस्तरमा सचेतीकरण गर्न हामीले यो कार्यक्रम गरेका हौं ।'

बैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने, गन्तब्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप, परामर्श लगायतका सहयोग प्रदान गर्ने, बैदेशिक रोजगारीमा सम्बद्ध निकायहरुको क्षमता अभिबृद्धि गरी बैदेशिक रोजगारलाई थप उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सामी कार्यक्रम सञ्चालित छ ।

सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्वीस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

उनीहरूका लागि रात र दिनको खासै अर्थ हुँदैन। उनीहरूको एउटै उद्देश्य हुन्छ—सीमा सुरक्षित राख्ने, ताकि राष्ट्र निश्चिन्त भएर निदाउन सकोस्।