नेभिगेशन
सुरक्षा विशेष

पैसाको प्रलोभनमा पारेर ६ किशोरीलाई भारतको जोतपुर लैजादै गरिएको थियो,सीमाबाटै गरियो उद्दार

काठमाडौं । पैसाको प्रलोभनमा पारेर भारतको जोतपुर लैजान लागिएका ६ जना किशोरीहरुको सीमा नाकाबाट उद्धार गरिएको छ। राम्रो तलबको प्रलोभन देखाएर रुपन्देहीको बेलहिया नाका हुँदै  भारतको राजस्थानस्थित जोतपुर लैजादै गरेको ६ किशोरीहरुको उद्दार गरेको प्रहरीले जानकारी दिएको छ।

बेलहिया नाका पार गर्नै लाग्दा रुपन्देहीस्थित इलाका प्रहरी कार्यालय बेलहिया र भैरहवहा माइती नेपालको आवधिक गृहले नाकाबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको च।

सीमा पार गर्दै गरेका उनीहरुलाई प्रहरी र माइती नेपालको टोलीले सोधपुछ गर्दा अवस्था शंकास्पद देखिएपछि नेपालतर्फ फर्काइएको प्रहरीले जानकारी दिएको छ। प्रहरी भन्छ-"यदि सोधपुछ नगरिएको भए उनीहरु जोतपुर पुग्ने निश्चित थियो।"

उनीहरुलाई विस्तृत रुपमा कुराकानी गर्दा आफूहरुलाई राम्रो तलब दिने भनेपछि जोतपुर जान लागेको ती किशोरीहरुले बताएको प्रहरीले जानकारी दिएको छ।

रुपन्देही प्रहरीका अनुसार सिन्धुली, गुल्मी, कपिलवस्तु र रुपन्देही जिल्लाका ती किशोरीहरुलाई उनीहरुकै आफन्तले घरको सरसफाइ र बिरामीको हेरचाहको काममा मासिक १० हजार भारतीय रुपैयाँ तलब पाउने भनेर जोतपुर लैजाने बताएका थिए। आफन्तले १० हजार तलब पाउने भनेर विश्वस्त पारेपछि किशोरीहरुका अभिभावक पनि जोतपुर पठाउन सहमत भएको प्रहरीले जनाएको छ।

रुपन्देही प्रहरी भन्छ-" ती किशोरीहरु भारतको जोतपुर जानलाई उतैबाट गाडीको टिकट पनि काटेर पठाइएको रहेछ । भारत लैजान खोज्नेहरुसँग किशोरीहरु आफै फेसबुकमा जोडिएका रहेछन् ।"

उद्दार गरिएका ६ जना किशोरीहरुलाई इलाका प्रहरी कार्यालय बेलहिया र स्थानीय पत्रकारहरुको रोहबरमा अभिभावक जिम्मा लगाइएको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

उनीहरूका लागि रात र दिनको खासै अर्थ हुँदैन। उनीहरूको एउटै उद्देश्य हुन्छ—सीमा सुरक्षित राख्ने, ताकि राष्ट्र निश्चिन्त भएर निदाउन सकोस्।