नेभिगेशन
सुरक्षा विशेष

सार्वजनिक स्थानमा स्वास्थ्यजन्य फोहोर फाल्ने सुनगाभालाई २५ हजार जरिवाना

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा स्वास्थ्य तथा औषधिजन्य फोहोर फाल्ने सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

नेपालगञ्ज वडा नम्बर १० शितलनगरस्थित सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई आज २५ हजार रुपैयाँ जरिवाना गरिएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले जानकारी दिए । 

'नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला ब्यवस्थापन ऐन २०७५' बमोजिम जरिवाना गरिएको हो। नगर प्रहरी र स्वास्थ्य महाशाखाको टोलीले सार्वजनिक स्थानमा स्वास्थ्य तथा औषधिजन्य फोहोर फालेको पाएपछि जरिवाना गरेको हो । नगर प्रहरी प्रमुख बोगटी, स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, फार्मेसी अधिकृत डा.अस्मित आचार्य, नगर प्रहरी सहायक निरीक्षक पवन कनोजिया सहितको टोली अनुगमनमा गएको थियो ।

नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रबद्र्धन गर्दै आएको नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय कारबाही गर्दै जरिवाना गरिरहेको छ । नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेविरुद्ध निगरानी बढाइएको बताए ।

फोहोर फाल्नेलाई ठाउँको-ठाउँ कारबाही गरिरहेको बताउँदै उनले फोहोर ब्यवस्थापनमा सघाएर नगर सभा राख्ने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

उनीहरूका लागि रात र दिनको खासै अर्थ हुँदैन। उनीहरूको एउटै उद्देश्य हुन्छ—सीमा सुरक्षित राख्ने, ताकि राष्ट्र निश्चिन्त भएर निदाउन सकोस्।