नेभिगेशन
सुरक्षा विशेष

'सरकार जीबी राईलाई खोज्दै छ कि छैन?'

काठमाडौं । सहकारी ठगी प्रकरणका मुख्य नाइके गितेन्द्र बाबु(जीबी)राईलाई सरकारले खोजीनीति गरिरहेको छ कि छैन भन्ने प्रश्न संसद बैठकमै उठेको छ।

सहकारी ठगी प्रकरणमा सबैभन्दा धेरै रकम ठगी गरेर फरार रहेका जीबीलाई सरकारले खोजिरहेको हो वा होईन भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले संसद बैठकमै प्रश्न गरेका हुन् ।

सांसद खनालले आजको बैठकमा बोल्दै भने-" सरकारले बनाएको सहकारी विशेष छानबिन समितिले रवि लामिछानेको सहकारी ठगीमा प्रत्यक्ष संल्गनता नरहेको बताएपनि प्रतिशोध साँध्न आरोप लगाएर हिरासत पठाएको हो।" 

रवि लामिछानेलाई ८४ दिन हिरासतमा राखेर मुद्दा दर्ता गरिएका अदालतले धरौटीमा रिहा गर्न आदेश दिइसक्दा पनि सहकारी ठगीका मुख्य नाइके जीबीलाई खोजेको हो वा होइन भनेर सरकारलाई सांसद खनालले प्रश्न गरेका थिए।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"