मकवानपुर। यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कैदीबन्दी पनि सहभागी भएका छन् । एसईई परीक्षामा मकवानपुरमा रहेका कैदीबन्दी सहभागी भएको शिक्षा समन्वय इकाइ मकवानपुरले जानकारी दिएको छ।
समन्वय इकाइले दिएको जानकारी अनुसार भीमफेदी कारागारमा विभन्नि मुद्धामा जेल भुक्तान गरिरहेका ३ जना बन्दी र ३ जना कैदीले एसईई परीक्षामा सहभागी भएका छन् ।
भीमफेदी कारागारमा रहेका सवारी ज्यान मुद्दा, जबरजस्ती करणी, डाँका, चोरी र लागूऔषध मुद्दाका ६ जनाले परीक्षा दिन लागेको कारागार प्रशासनले जनाएको छ।
कैदीबन्दीहरुले हेटौँडा उपमहानगरपालिका- २ स्थित सिद्धार्थ माविबाट एसईई परीक्षाको लागि फाराम भरेको र उनीहरुलाई परीक्षा भने कारागार भित्रैबाट दिने व्यवस्था गरिएको कारागार कार्यालयले जानकारी दिएको छ।