नेभिगेशन
सुरक्षा विशेष

तिनकुनेमा हवाई फायर, आगो निभाउन गएको दमकलमाथि ढुङ्गामुढा प्रहार

काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरीले हवाई फायर गरेको छ। तिनकुनेमा घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि राजावादी समूहको प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले पहिला अश्रुग्याँस प्रहार गरेको थियो ।

स्थित तनावग्रस्त बनेपछि प्रहरीले  हवाई फायर गरेको हो ।  त्यसपछि आगो निभाउन नसकी दमकल फर्किएको छ ।

काठमाडौं तिनकुनेमा राजवादीहरुले गणतन्त्र खारेज र राजसंस्था पुनर्स्थापनाको माग सहित आज सभा आयोजना गरेका थिए । तर प्रहरीसँगको धकेलाधकेलले गर्दा तनाव बढेको थियो ।

त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरवितर पारेको थियो । लगत्तै एक घरमा तोडफोड र आगजनी भएपछि थप तनाव बढेको छ ।राजावादीहरुले तीनकुनेमा गर्न लागेको सभा सुरु हुन नपाई बिथोलिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"