नेभिगेशन
सुरक्षा विशेष

पूर्वराजा ज्ञानेन्द्र शाहको सबै सुरक्षा टोली परिवर्तन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा टोली परिवर्तन भएको छ। गृह मन्त्रालयले ज्ञानेद्र शाहलाई सुरक्षा दिदै आएको सुरक्षा टोलीका कमाण्डरसहित सबै सशस्त्र प्रहरीलाई परिवर्तन गरेको हो।

यसअघि निर्मल निवासमा सशस्त्र प्रहरीको कार्यदलबाट डीएसपी जगदिश हमालको नेतृत्वमा ज्ञानेन्द्र शाह खटिदै आएको थियो। तर गृह मन्त्रालयले उक्त टोलीलाई हटाएर नयाँ टोली पठाएको हो।

भिभिआईपीलाई सुरक्षा दिने नियम अनुसार १६ जना सुरक्षाकर्मी खटाइने भएपनि यसअघि निर्मल निवासमा २५ जना सशस्त्र प्रहरी खटिदै आएका थिए।

शुक्रवारको तीनकुने राजावादीको प्रदर्शन घटनापछि गृहले सशस्त्र प्रहरीका डीएसपी प्रमोद प्रकाश पाठकको नेतृत्वमा १६ जनाको नयाँ टोली निर्मल निवास पठाएको छ। 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"