नेभिगेशन
सुरक्षा विशेष

आज र भोलि रवि लामिछानेको रुपन्देही प्रहरीको हिरासतमा बास, सोमबारमात्रै कारागार पठाइने

काठमाडौं उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश पश्चात् पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बिहान रूपन्देही पठाइएको छ। 

काठमाडौंको बूढानीलकण्ठस्थित घरबाटै पक्राउ परेका  रविलाई आज बिहान यति एयरबाट रुपन्देही लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याँदै उच्च अदालतले रविलाई  शुकवार थुनामा पठाउने आदेश दिएको थियो।

आज रुपन्देही पठाइएका रविलाई आज र भोलि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने भएको छ। आज शनिबार र भोलि सार्वजनिक बिदा रहेका कारण रवि भोलि पनि प्रहरी हिरासतमा रहने प्रहरीले जानकारी दिएको छ।

सोमबार रविलाई अदालत उपस्थित गराएर अदालतको थुनामा पठाउने पत्रसहित जिल्ला कारागार रुपन्देही पठाइने प्रहरीले जानकारी दिएको छ। यसअघि उक्त मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

सीमाको रात, राष्ट्रको निद्रा: नरैनापुरमा अहोरात्र खटिएका सुरक्षाकर्मीको अदृश्य संघर्ष

उनीहरूका लागि रात र दिनको खासै अर्थ हुँदैन। उनीहरूको एउटै उद्देश्य हुन्छ—सीमा सुरक्षित राख्ने, ताकि राष्ट्र निश्चिन्त भएर निदाउन सकोस्।