नेभिगेशन
सुरक्षा विशेष

सार्वजनिक बिदामा पनि जिल्ला प्रशासन बाँकेले दिनेछ अब यी सेवाहरु

बाँके जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाका दिनमा पनि महत्त्वपूर्ण कार्यलाई सुचारु राख्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा उर्जावान प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी आएसँगै  प्रशासन कार्यालयले सूचना जारी गर्दै एउटा नयाँ निर्णय गरेको हो।

प्रशासन कार्यालय बाँकेले वि.सं. २०८२ सालमा पर्न्र सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा पण्जिकरण सेवालाई सुचारु गरिने जनाएको छ।

अब शनिबार बाहेक पर्ने सार्वजनिक बिदामा पनि सेवाग्राहीले माथि उल्लेखित सेवा जिल्ला प्रशासन कार्यालय बाँकेबाट लिन सक्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"