नेभिगेशन
सुरक्षा विशेष

दिनभर प्रहरीको नियन्त्रणमा रहेका राप्रपा अध्यक्षसहितका नेताहरु रिहा

काठमाडौँ । आज दिनभर प्रहरीको नियन्त्रणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा भएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रदर्शन गरेको भन्दै उनीहरूलाई आज दिउँसो पक्राउ गरिएको थियो । तर नियन्त्रणमा लिएको चार घण्टापछि साँझ उनीहरूलाई रिहा गरिएको हो ।

यसरी रिहा हुनेहरूमा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानबहादादुर शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगाय हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"