नेभिगेशन
सुरक्षा विशेष

नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ । सांसद राईलाई आज राति  कपनस्थित उनकै निवासबाटै प्रहरीले पक्राउ गरेको हो।

राईलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  निवासबाटै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी उनलाई पक्राउ गरेको हो।

सत्ताको आडमा उनलाई पक्राउ नगरिएको भन्दै आलोचना हुँदै आएको थियो । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् । प्रहरीले उनलाई भोलि अदालत पेश गर्ने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"