नेभिगेशन
सुरक्षा विशेष

एकाएक बन्यो शिक्षकको आन्दोलन अशान्त

काठमाडौँ काठमाडौँमा जारी शिक्षक आन्दोलन अशान्त बनेको छ। आज प्रहरी र शिक्षकबीच झडप भएपछि आन्दोलन अशान्त बनेको हो। यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।

गत चैत २० गतेदेखि शिक्षकहरु आन्दोलित छन् । उनीहरुले अहिलेसम्म संयमित आन्दोलन गरेको भए पनि आज भने निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पनि बल प्रयोग गरेको हो । 

बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ ।

विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन् । प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झडप हुँदा केही शिक्षकहरु घाइते भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"